तातोपानी नाका सञ्चालनमा, पहिलो दिन सेनिटाइजर र मास्क भित्रियो
सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालनमा आएको छ । गत माघ १३ गतेदेखि बन्द रहेको नाका हिजो (बुधबार) साँझदेखि नाका खोलिएको हो ।
अत्यावश्यक सामग्री भित्र्याउनका लागि नाका खोलिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जनाएको छ । पहिलो दिन १० बाकस सेनिटाइजर र १९ बाकस मास्क भित्रिएको छ ।
शुक्रबार ठूला परिमाणमा सामान आइपुग्ने तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताएका छन् ।