यस्तो छ आजको मौसम पूर्वानुमान
हाल देशमा स्थानिय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका पश्चिमी भू–भाग तथा पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली र बांकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले शुक्रबार दिउँसोको देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही एक÷दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ ।
यस्तै, राति देशको पश्चिमी भू–भागमा आंशिक बदली रही बांकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।