बलिउड मेगास्टार अमिताभ बच्चनको विपन्नहरुलाई सहयोग

हेटौडा न्युज
२८ चैत्र २०७६, शुक्रबार १४:५९
;

विश्वभर महामारीको रुपमा फैलीएको कोरोना भाईरस भारतमा पनि व्यापक रुपमा फैलिरहेको छ । यस्तो महासंकटमा बेला बलिउड अभिनेताहरुले आफुहरुले गर्न सक्ने सहयोग गर्दै आएसँगै बलिउड मेगास्टार अमिताभ बच्चनले पनि प्याकेटमा खाना बाँड्न सुरु गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार उनले २००० प्याकेट खाना वितरण गर्न सुरु गरेका छन् । त्यस्तै आवश्यक पर्ने अन्य सामान पनि दिन उनले तयारी गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

अत्यावश्यक सामान वितरणका लागि उनले ३ हजार झोला तयार पारेका छन् । उनले दरगाह, माहिम दरगाह, बाबुलनाथ मन्दिर, बांद्राको स्लम एरियामा खाना वितरण गरी गरिबहरुलाई सहयोग गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*