युरोकप १२ देशको १२ सहरमा आयोजना हुने

युरोकप युरोपका १२ देशको १२ वटा सहरमा आयोजना हुने भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण अर्को वर्षलाई सरेको युरोकप युरोपका १२ देशको १२ सहरमा नै आयोजना हुने भएको हो ।
युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए)ले अर्को वर्षको युरोकप १२ देशको १२ सहरमै हुने जनाएको छ ।
अर्को वर्षको युरोकपको मिति तय नभए पनि यूईएफएले अर्को वर्ष ११ जुनदेखि ११ जुलाईसम्म गर्ने सम्भावित मिति उल्लेख गरेको छ । यसअघि सन् २०२० को युरोकप जुन १२ देखि जुलाई १२ सम्म हुने बताइएको थियो ।
‘अर्को वर्षको युरोपको १२ राष्ट्रको १२ सहरमै आयोजना हुनेछ । हामीले यसबारे छलफल गरिरहेका छौं । सम्भवत यो यही निर्णय कायम रहनेछ । यूईएफएका अध्यक्ष एलेक्सान्दर सेफरिनले भने, ‘हामी छिट्टै खेल तालिका सार्वजनिक गर्नेछौं । सम्भवतः अर्को वर्ष ११ जुन देखि ११ जुलाईसम्म नै युरोकप हुनेछ । हामी यस विषयमा १२ वटा आयोजक सहरहरूसँग सम्पर्कमा छौं । केही समयमा घोषणा गरिनेछ ।’
युरोकप युरोपको १२ राष्ट्र इंग्ल्यान्ड ९लन्डन०, नेदरल्यान्ड ९आम्सर्टडम०, डेनमार्क ९कोपेनहेगन०, रोमारिया ९बुचारिस्ट०, इटाली ९रोम०, रसिया ९सेन्ट पिटर्सवर्ग०, स्कटल्यान्ड ९ग्लास्को० स्पेन ९बिल्बाओ०, हंगेरी ९बुडापेस्ट०, अजरवैजान ९बाँकु०, रिपब्लिक अफ आयरल्यान्ड ९डब्लिन० र जर्मनी ९म्युनिख० मा आयोजना गर्ने तयारी गरेको छ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका १२ सहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
समूह चरण, प्रि–क्वार्टरफाइनलका केहीखेलसँगै सेमिफाइन्ल र फाइनल खेल इंग्ल्यान्डमा हुनेछ । समूह चरण र क्वार्टरफाइनलका खेलहरू जर्मनी, खजरवैजन रसिया र इटालीमा हुनेछ । यस्तै समूह चरण र प्रि–क्वार्टरफाइनलका खेलहरू डेनमार्क, रोमानिया, नेदरल्यान्ड, रिपब्लिक अफ आयरल्यान्ड, स्पेन, हंगेरी र स्कटल्यान्डमा हुने छ । युरोकपमा २४ राष्ट्रको सहभागिता रहनेछ । २० टोलीले युरोकपमा स्थान बनाइसकेका छन् । ४ टोलीले प्ले अफबाट युरोकपमा स्थान बनाउनेछ ।
स्रोतः राजधानि दैनिक