रुसमा एकैदिन २ हजार बढी कोरोना संक्रमित थपिए, एक सय बढीको मृत्यु
कोरोना भाईरसको संक्रमणको कारण रुसमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ५८ जना नयाँ संक्रमित थपिएका छन् । दैनिक संक्रमितको संख्यामा यो नै अहिलेसम्मको उच्च संक्रमित संख्या हो ।
यससँगै रुसमा कोरोना संक्रमितको संख्या १८ हजार ३ सय २८ पुगेको छ । त्यहाँ १ सय ४८ जनाको मृत्यु भइसकेको छ ।
विश्वव्यापी बनिसकेको कोरोना महामारीका कारण हालसम्म १८ लाख ६१ हजार ६७२ संक्रमित बनेका छन्।
हालसम्म १ लाख १४ हजार ९८० को मृत्यु भइसकेको छ । ४ लाख ३१ हजार ५३६ उपचारपछि स्वस्थ बनेका छन्।