ऐश्वर्यालाई ट्रोल बनाउन खोज्दा अमिताभको एक जवाफले ट्रोलरको बोली बन्द 

हेटौडा न्युज
२ बैशाख २०७७, मंगलवार १५:२२
;

बलिउडका कलाकारहरु ट्रोल हुनु कुनै नौलो कुरा होईन । केही कलाकारहरु त्यसको मुखभरी जबाफ दिन्छन् भने कोही भने त्यस्तो झमेलामा पर्न मन पराउदैनन् । 

बलिउडमा महानायक अमिताभ बच्चनले सोमबार बैसाखी पर्वको लागि शुभकामना दिएका थिए ।

यसका लागि उनले आफ्नो फिल्म ‘सुहाग’ को एउटा गीत ‘तेरी रब ने बना दी जोडी’ को एउटा तस्बिर आफ्नो सोसल मिडिया अकाउन्टमा सेयर गरेका थिए । अमिताभको यो पोस्टमा एक ट्रोलरले अमिताभलाई ऐश्वर्याबारे सोधेका छन्  । 

इन्स्टाग्राम प्रयोगकर्ता अक्षय शर्माले अमिताभको उक्त पोष्टमा सोधे, ‘ऐश्वर्या कहाँ छिन्, बुढो ?’ साधारणतया ट्रोलरलाई जवाफ नदिने अमिताभले उनको कमेन्टमा भने जवाफ फर्काएका छन् । उनले लेखे, ‘उनी त्यहाँ छिन् जहाँ तपाईं कहिले पनि पुग्न सक्नुहुन्नँ, बाफ रे बाफ १’

त्यसपछि अक्षय शर्माले उनलाई जवाफ दिँदै भने, ‘तपाईंले त नराम्रो मान्नुभयो जस्तो छ सर । मन पराउने व्यक्तिसँग यसरी कोही रिसाउँछ र ?’

अमिताभको यस्तो जवाफ सुनेर उनका प्रशंसकले उनको तारिफ गरेका छन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*