लकडाउन लम्बिएपछि आईपीएल अनिश्चित बन्दै,  निर्णय ३ मे पछि

हेटौडा न्युज
२ बैशाख २०७७, मंगलवार २२:१३
;

इन्डियन प्रिमयर लिग (आईपीएल) हुने­÷नहुने अनिश्चित बनेको छ ।कोरोना भाइरसका कारण भारत सरकारले ३ मे सम्मका लागि लकडाउन लम्ब्याउने निर्णय गरेसंगै आईपील आयोजना हुनेमा अनिश्चित बनेको हो । 

लकडाउन ३ मे सम्म लम्बिएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) पनि अन्यौलमा परेको छ । बीसीसीआई अहिलेसम्म कुनै ठोस निर्णय भने लिन सकेको छैन । तर, बीसीसीआई स्रोतका अनुसार लकडाउन ३ मे सम्म बढेकाले त्यसपछि मात्रै विचार गर्न सकिने बताइएको छ । 

यसअघि बीसीसीआईले २९ मार्चमा आयोजना तय भएको आईपीएल कोरोनाकै कारण १५ अप्रिलसम्मका लागि स्थगित गरेको थियो । 

आर्थिक नोक्सानी मध्यनजर गर्दै बीसीसीआईले भने अहिलेसम्म कुनै निर्णय सार्वजनिक गरेको छैन । यस वर्षको आईपीएल नभए बीसीसीआई र सहभागी सबै फ्रेन्चाइज टिमलाई ठूलो आर्थिक घाटा हुनेछ । आईपीएल स्थगित भए ३ सय करोड भारतीय रुपैयाँबराबरको आर्थिक घाटा हुने अनुमान गरिएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*