कार दुर्घटना हुँदा ६ जना घाईते 

हेटौडा न्युज
३ बैशाख २०७७, बुधबार २१:१२
;

डोटीमा कार दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । डडेल्धुराबाट धनगढीतर्फ गइरहेको से १ च २३८८ नम्बरको कार भीमदत्त राजमार्ग अन्तरगत डोटीको जोरायल गाउँपालिका १ घण्टेश्वरको घोरेडीमा दुर्घटना भएको हो ।

दुर्घटनामा चालक मानबहादुर थापासहित डडेल्धुराकै रामचन्द्र अवस्थी, रतन भण्डारी, आरनबहादुर थापा, एलिजा थापा र मान्धरी थापा घाईते भएका हुन् । 

कार सडकदेखि झण्डै तीन सय मिटर तल खसेको घण्टेश्वर प्रहरी चौकी गैराका प्रहरी हवल्दार शम्भुसिं धामीले जनाएको छ । 

चालक मानबहादुर थापाको खुट्टाको रड निकाल्न धनगढी गइरहेको कारमा चालकसहित ४ जनाको जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाट सवारी पास दिइएको पाइएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी घाईते भएका दुईजनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । उनीहरूको उद्दार गरी पद्मा अस्पताल कैलालीमा उपचारका लागि पठाउने तयारी भइरहेको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*