च्याम्पियन्स लिगको फाइनल अगस्टमा

हेटौडा न्युज
५ बैशाख २०७७, शुक्रबार १६:०९
;

च्याम्पियन्स लिगको फाइनल युरोपेली फुटबल महासंघ (युइएफए)ले अगस्ट २९ मा गर्ने योजना बनाएको छ ।

युइएफएको अप्रिल २३ मा रोकिएको प्रतियोगिताका बाँकी खेलहरु कसरी र कहाँ गर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएका छन् ।  

युइएफएको योजनाअनुसार अगस्ट २९ मा इस्तानबुलमा च्याम्पियन्स लिगको फाइनल हुनेछ भने युरोपा लिगको फाइनल त्यसको तीन दिनअघि जिडान्स्कमा भइसकेको हुनेछ ।

त्यही योजनाअनुसार भए दुई लेगमा खेलाइने क्वार्टरफाइनल र सेमिफाइनलका खेलहरु जुलाई र अगस्टमा हुनेछन् । अन्यथा अर्को विकल्पका रुपमा सबै घरेलु लिग चाँडै सकिने निश्चित भएमा एक वा दुई रंगशालामा एक हप्तामा पूरा प्रतियोगिता नै सिध्याउने गरी पनि गर्न सकिनेछ।

च्याम्पियन्स लिगमा अन्तिम १६ अन्तर्गतका आठ टोलीको दुवै लेगका खेल सकिइसकेका छन् भने बाँकी आठ टोलीले दोस्रो लेगका खेल खेल्न बाँकी छन्। क्वार्टरफाइनल पुग्ने चार टिमको टुंगो लागिसक्दा बाँकी चार टोलीको टुंगो दोस्रो लेगका चार खेलले गराउने छन्।

युरोपा लिगमा भने अन्तिम १६ अन्तर्गत दोस्रो लेगका सबै खेल बाँकी छन्। इटाली र स्पेनका टिम रहेका दुई खेलको पहिलो लेग पनि भएको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*