कोरोना भाइरसको महामारीसँग लड्ने स्वास्थ्यकर्मीको सम्मानमा अनलाइन ‘कन्सर्ट’

हेटौडा न्युज
७ बैशाख २०७७, आईतवार १३:२३
;

कोरोना भाइरस (कोभिड १९) को महामारीसँग लड्ने स्वास्थ्यकर्मीहरुको अठोटलाई सम्मान गर्दै विश्वभरका चर्चित सयभन्दा धेरै गायक गायिका शनिबार एकैसाथ देखिए । 

शनिबार इन्टरनेटमा प्रसारित भएको कार्यक्रम ‘वन वर्ल्ड टुगेदर : एट होम’ मा यी गायक गायिकाले आ–आफ्नै घरबाटै स्वास्थ्यकर्मीहरुप्रति सम्मान व्यक्त गरे । यो कार्यक्रम अमेजन प्राइप भिडियो, फेसबुक, ट्विटर, इन्स्टाग्राम, ट्युनइन र युट्युबसहित एप्पल, म्युजिक र एप्पल टिभीबाट प्रत्यक्ष प्रसारण भएको थियो । 

Global Citizen@GlblCtzn

"⭕️"We’re LIVE! Tune in to One World: #TogetherAtHome for performances from some of the world’s biggest artists, stories from frontline workers, and insights from health experts. It's all in support of the @WHO’s COVID-19 Solidarity Response Fund. Watch now: https://twitter.com/i/broadcasts/1BRJjQXDBjdGw …

""

One World: Together At Home

Global Citizen @GlblCtzn

30.6K

11:42 PM – Apr 18, 2020

यो कार्यक्रममा कोरोना महामारीसँग लड्नका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) लाई आर्थिक सहयोग गर्ने उद्देश्य राखिएको थियो । चर्चित अमेरिकी गायिका लेडी गागासँगै मिलेर ग्लोबल सिटिजन र विश्व स्वास्थ्य सङ्गठनले यो आठ घण्टा लामो कार्यक्रमको आयोजना गरेका थिए । 

""

लेडी गागाले भनिन्, ‘कार्यक्रमको उद्देश्य कोष जम्मा गर्नु मात्रै नभइ सङ्कटको घडीमा हामी सबै स्वास्थ्यकर्मीसँगै छौँ र हामीहरु तपाईँको सम्मान गर्छौँ भनेर विश्वभर सन्देश पुर्‍याउनु हो । साथै तपाईँहरुको कामलाई सबैले सम्मान गर्छौँ ।’

ऐनी लेनाक्सले अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनलाई दिँदै आएको सहयोग रकम रोकेको सम्बन्धमा भने, ‘भविष्यमा आउने स्वास्थ्य सङ्कटसँग बच्नका लागि विश्व स्वास्थ्य सङ्गठनलाई बलियो बनाउनु आवश्यक छ ।’

""

त्यस्तै गायक रीता ओराले विश्व स्वास्थ्य सङ्गठनले दिएको सुझाव सबैले अपनाउनुपर्ने बताइन् । कलाकार जमीला जमील, अमेरिकी गायक एन्ड्रा डे, भारतीय गायक विशाल मिश्रा, प्युट्रो गायक लुई फान्सी, ब्याण्ड द किलर्स, गायक शैरिल क्रो, एडम ल्याम्बर्टसहित कैयौँ चर्चित हस्तीहरु यो कार्यक्रममा सहभागी भएका थिए ।  

एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*