मनकारी पल जसले प्राविधिकको लागि ५ लाख सहयोग गरे सँगै अनाथ बालबालीकालाई खाना खुवाए

हेटौडा न्युज
८ बैशाख २०७७, सोमबार २२:२४
;

नायक पल शाहले ५५ जना अनाथ बालबालीकालाई खाना खुवाएका छन् । लकडउनका कारण समस्यामा परेका चलचित्र प्राविधिकको लागि ५ लाख सहयोग गरेका पलले सोमबार साँखुमा एक आश्रमा पुगेर अनाथलाई खाना खुवाएका हुन् ।

समाजसेवी विमल पन्तको टिमसँग मिलेर पलले त्यहाँ खाना खुवाएका हुन् । पलले आश्रममा रहेका २ वर्षदेखि १८ वर्षसम्मका बालबालिकाहरुलाई आना खुवाएका हुन् ।  साथै उनले केही चामल र तरकारीहरु पनि सहयोग पनि गरेका छन् 

पल आफ्नो समाज सेवा अरुलाई प्रोत्साहित गर्न भएको बताउँछन् । उनले भने, ‘मैले अरु समाजसेवीसँग टिमअप गरेर सहयोग गर्नुको कारण भनेको आरुलाई पनि समाज सेवाको लागि प्रोत्साहित गर्नको लागि हो । अहिलेको समय निकै समस्याजनक समय छ । यस्तो समयमा हरेकले आफ्नो तर्फबाट सहयोग गर्न जरुरी हुन्छ ।’

पल शाह लकडाउनको समयमा मात्र होइन, अरु समय पनि समाजसेवामा निकै सक्रिय छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*