सरकारका निर्देशन अवज्ञा गर्दै आइएसपान, भन्छन्ः ‘पैसा नतिर्नेहरुको इन्टरनेट काट्छौँ’

हेटौडा न्युज
८ बैशाख २०७७, सोमबार २२:३९
;

इन्टरनेट सर्भिस प्रोभाइडर (आइएसपान)ले इन्टरनेटको पैसा नर्तिनेहरुको लाइन काटिने बताएका छन् ।  लकडाउनले महँगीको मार इन्टरनेटमा पनि परेको र धान्‍नै नसक्‍ने भएकाले पैसा नतिर्ने ग्राहकहरुको इन्टरनेटको लाइने काटिने आइएसपानले जनाएको छ । 

लकडाउनको समयमा अत्यावश्यक सेवाहरु नरोक्‍ने निर्णय गरे पनि आइएसपानले वृद्ध÷वृद्धा बाहेक अन्‍यहरुको हकमा पैसा नतिर्ने ग्राहकहरुको इन्टरनेट काटिने आइएसपानका अध्‍यक्ष भोजराज भट्टले बताएका छन् । उनले भने  ‘लकडाउनमा आइएसपीहरुको काम धेरै बढेको छ ।

तर बजार बन्द भएकाले बक्यौता रकम उठाउनै सकिएको छैन । पैसाबिना त इन्टरनेट कसरी चलाउने ? अब समयमा पैसा नतिर्नेहरुको लाइन काट्छौँ हामी।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*