चौतर्फी विरोधपछि सरकारले गर्यो अध्यादेश फिर्ता लिने निर्णय

हेटौडा न्युज
१२ बैशाख २०७७, शुक्रबार २०:०८
;

चौतर्फी विरोध भएपछि सरकारले दुबै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । सोमबार ल्याएको राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धि दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । 

गत सोमाबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको थियो । सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश प्रमाणीकरण गरेकी थिइन् । 

सरकारको सिफरिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ । त्यसका लागि सरकारले राष्ट्रपतिलाई पत्र पठाउनुपर्नेछ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*