लकडाउनको मोडालिटीबारे गृहकार्य गर्न प्रधानमन्त्री ओलीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिलाई लकडाउनको मोडालिटीबारे गृहकार्य गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले लकडाउन जारी रहने तर यसबारे केही सोच्न जरूरी रहेको बताएको स्रोतले बताएको छ ।
शनिबार उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने र उनले दिएको सुझावका आधारमा मन्त्रिपरिषदको बैठकले अन्तिम निर्णय लिने बताइएको छ ।
शनिबार उच्चस्तरिय समन्वय समितिले लकडाउनको मोडालिटी तयार पार्ने भए पनि आइतबारसम्म बस्ने मन्त्रिपरिषदले त्यसलाई अन्तिम रूप दिने बताइएको छ ।