चिकित्सकहरूलाई प्रियंका चोपडाको २० हजार जोर जुत्ता सहयोग
कोरोना रोकथाम र नियन्त्रणको लागि बलिउडका कलाकारहरुले सहयोग गरिरहेका छन् । यसैक्रममा बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडा पनि स्वास्थ्यकर्मी तथा चिकित्सकहरूलाई सहयोग गरेकी छिन् । भारतिय मिडियाका अनुसार उनले कोरोनाविरुद्ध कार्यरत स्वास्थ्यकर्मी तथा चिकित्सकहरूको लागि २० हजार जोर जुत्ता दिएकी छिन् ।
उनले कोरोनाबाट जोगिन मिल्ने २० हजार जोर जुत्ता सहयोग गरेकी हुन् । उनले अमेरिकाका लस एन्जल्सका स्वास्थ्यकर्मीहरूलाई पनि १० हजार जोर जुत्ता सहयोग गरेकी छिन् । यसअघि पनि उनले प्रधानमन्त्री कोषमा आर्थिक सहयोग गरेकी थिइन् ।