मकवानपुर उद्योग वाणिज्य संघका सचिवको खाद्य गोदाममा प्रशासनको शील

हेटौडा न्युज
१८ बैशाख २०७७, बिहीबार १९:४६
;

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त बजार अनुगमन टोलीले हेटौंडा वडा नम्बर–२ प्रभाकरपथमा रहेको मणी खाद्यान्न सेन्टरको गोदाममा आज शील गरेको छ ।

""

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सोमकान्त रिजाल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गुणराज न्यौपाने, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य बासु खतिवडालगायतका टोलीले सो सेन्टरमा शील लगाएको हो ।

""

मकवानपुर उद्योग वाणिज्य संघका सचिवसमेत रहेका काव्यमणी अधिकारी सञ्चालक रहेको खाद्यान्न सेन्टरमा २५ केजीको जगत ब्राण्डको चामलको बोरा दोहोर्याएर सिलाई गरेको र तौल गर्दा आधा केजीसम्म कमी भेटिएको थियो ।

""

अनुगमन टोलीले आज शील नखोलिएको ६ वटा बोराको नमूना तौल गरेको थियो र सबै बोरामा आधा किलोसम्म तौल कम पाईएको थियो । 

""

सञ्चालक अधिकारीले भने, मुसाले खाएर तौल कमी भएको हुनसक्ने जवाफ दिएका छन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*