हिमपहिरोमा परेको ३ महिनापछि ७ जनाको शव फेला
अन्नपूर्ण गाँउपालिकामा गत ३ महिनादेखि हिमपहिरोमा बेपत्ता भएका सबै सात जनाको शव फेला परेको छ । गएको माघ ३ गते कास्कीको अन्नपूर्ण गाँउपालिका वडा नं ११ को हिङकु क्षेत्रमा गएको हिमपहिरोमा तीनजना नेपाली सहित ४ जना कोरियन नागरिक बेपत्ता भएका थिए ।
उनीहरुको नेपाली सेनाले खोजी गरी उद्धार गरेको हो । खोजी टोलीले २ नेपाली र ३ जना कोरियन पर्यटकहरुको शव केही नि पहिले फेला पारिसकेको थियो ।
खोजी टोलीले हिजो शुक्रबार हराएका अन्य बाँकी एक जना नेपाली र एक जना कोरियन नागरिकको शव फेला पारेको छ ।
फेला परेको शवलाई आज शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याईएको छ ।