महोत्तरीमा आज फेरि दुईजनाको ज्यान गयो, ज्यान जानेको संख्या ११ पुग्यो

हेटौडा न्युज
२० बैशाख २०७७, शनिबार २३:१३
;

अज्ञात रोगका कारण आज शनिबार महोत्तरीमा २ जनाको ज्यान गएको छ । भङ्गाहा–६ जमुनियाँका ४८ वर्षीय पलट साह र बर्दिवास–१२ को एक इटाभट्टामा काम गर्ने ५५ बर्षका भारतीय नागरिक मोतिलाल प्रजापतिको मृत्यु भएको छ।  शनिबार २ जनाको ज्यान गएपछि मृतकको संख्या ११ पुगेको छ । महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर १२, भङ्गाहा वडा नम्बर ७ मेघनाथ गोरहन्ना र वडा नम्बर ६ मा गत मंगलबारदेखि शुक्रबारसम्म ९ जनाको मृत्यु भइसकेको छ ।

भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साहका अनुसार घरेलु मदिराको सेवनबाट उनीहरुको ज्यान गएको हुनसक्ने अनुमान गरिएको बताएका छन् । सो क्षेत्रमा एकसाता अघि प्रहरीले १६ हजार लिटरभन्दा बढी मदिरा बनाउने कच्चा पदार्थ र चारवटा भट्टी नष्ट गरेको थियो ।

अहिले सो क्षेत्रमा अनुसन्धानका लागि स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट डाक्टर अमृत पोखरेल तथा विश्व स्वास्थ्य सङ्गठनका डाक्टर सुदिपा खड्का र जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको स्वास्थ्यकर्मीहरुको टोली पुगेको छ । 

मृतकमध्ये दुईजनाको कोभिड–१९ सङ्क्रमण यकिन गर्न स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि प्रयोगशाला पठाइएको जनाईएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*