कोरोनाका कारण ७३ जना नेपालीको मृत्यु

हेटौडा न्युज
२१ बैशाख २०७७, आईतवार १६:१८
;

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसका कारण हालसम्म मृत्यु हुने गैर आवासीय नेपालीको संख्या ७३ पुगेको छ  ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिको तथ्यांकानुसार बेलायतको ग्रेटर लण्डनमा २७,  मिडल्याण्डमा आठ, साउथ इष्टमा ११ र  साउथ बेष्टमा ती गरी ४९ जनाको मृत्यु भएको छ । 

अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ । तीमध्ये  मध्य न्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जनाको मृत्यु भएको हो । 

संयुक्त अरब इमिरेट्स् (युएइ) मा ५ तथा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्ड्समा एक जनाको मृत्यु भएको छ ।

नेपालबाहेक विश्वभर पाँच हजार २४७   गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन् । संक्रमितमध्ये एक हजार ५ सय ७० जना संक्रमणमुक्त भएको जनाइएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*