के आमिर खानले झोलामा लुकाएर पैसा बाँडेकै हुन् त ?

महामारीको रुपमा फैलिरहेको कोरोना भाइृरसको कारण भारतमा दैनिक ज्यालदारीमा काम गर्ने गरिबहरु बेसाहरा बनेका छन । उनीहरुलाई सरकार, नीजि संस्था एवं बलिउड कलाकारहरुले सहयोग गरिरहेको समाचारकहरु आइरहेका छन् ।
अक्षय कुमार, समालन खान, शाहरुख खान, अजय देवगनदेखि स(ना कलाकार सबैले सहयोग गरिरहेका छन्।
केही समय अगाडी सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो । त्यसमा गहुँको पिठो राख्ने झोलामा नोट राखेर मानिसलाई वितरण गरिरहेको देखाइएको थियो ।
सामाजिक सञ्जालमा दाबी गरियो कि यो काम आमिर खानले गरिरहेका हुन् । तथ्य जाँच गर्दा यो खबरको वास्तविकता पत्ता लागेको छ । आमिर खान स्वयंले यो भिडियोको खण्डन गरेका छन्।
‘मित्रहरु, गहुँको पीठो राख्ने झोलामा पैसा राख्ने मान्छे म होइन। यो पूरै झुटो कथा हो’, उनले ट्विटरमा लेखेका छन्।
टिकटकमा बनाइएको भिडयोमा आमिर खानले ट्रकभरि गहुँको पीठो पठाएको देखाइएको थियो। केहीले एक किलो पीठोले के नै हुन्छ भनेर झोला लिन इन्कार गरेको र झोला लिएर घर जानेहरुले १५ हजार रुपैयाँ नगद पाएको देखाइएको थियो।