सरकार पार्टी फोर्ने र सांसद चोर्ने धन्दामा लाग्योः नेता महतो

हेटौडा न्युज
२६ बैशाख २०७७, शुक्रबार २३:२१
;

दुईतिहाइको सरकार दुई कौडीको काम गर्न नसकेको प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतो आरोप लगाएका छन् । संसद्को छैठौं अधिवेशनको पहिलो दिन प्रतिनिधि सभामा बोल्दै महतोले सरकार कुर्सीको लडाईंमा व्यस्त रहेकोले कुनै पनि राम्रो काम गर्न नसकेको आरोप लगाएका हुन् ।

सरकाले दुईतिहाइको दम्ब देखाएर हुकुमी शासन लगाउन खोजेको बताएका छन् । कानूनमा भएको व्यवस्था बमोजिम एउटा सांसद अपहरणको जाहेरी पनि नलिएको प्रति उनको आक्रोश थियो ।

सरकार जनतामुखि भन्दा पनि अर्कै धन्दामा लागेको उनले बताए । सरकार अहिले पार्टी फोर्ने, सांसद चोर्ने धन्दामा लागेको उनको आरोप छ ।

उनले सरकार अर्काको पार्टी फुटाउने धन्दामा लागेको आरोप लगाएका हुन् ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*