भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गरेको आरोपमा ४ जना विद्यार्थी पोखरामा पक्राऊ

हेटौडा न्युज
२८ बैशाख २०७७, आईतवार २१:२१
;

कास्कीको पोखरा स्थित महेन्द्र पुलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको आरोपमा ४ जना विद्यार्थीहरुलाई प्रहरीले पक्राऊ गरेको छ । पछिल्लो समय नेपाली भूमि लिम्पियाधुरामा भारतले एक पक्षीय रुपमा सडक निर्माण गरी सडकको उद्घाटन गरेको थियो । 

आफ्नो भूमि मिचेर हेपाहा प्रवृत्ति देखाएको भन्दै पोखरामा विभिन्न विद्यार्थी संगठनहरुले त्यसको विरोध गरेका छन् । पक्राऊ परेकामा क्षितिज सापकोटा, बिशाल गोले, मदन पहाडी र विनय तिमल्सिना रहेको बताईएको छ । 

भारतले मानसरोबर पुग्न सन् २००८ देखि सो सडक निर्माण गरिरहेको भएपनि नेपाल पक्षले सो बारेमा अनभिज्ञता प्रकट गरेकोमा सरकारको समेत आलोचना हुँदै आएको छ ।

नेपाल सरकारले सो सडक निर्माण प्रति विरोध जनाउँदै हिजो विज्ञप्ति जारी गरेको थियो । भारतको भने आफ्नै भूमिमा सडक निर्माण गरेको दाबी रहेको छ ।   

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*