थप २४ जनामा कारोना संक्रमण, संक्रमितो संख्या २ सय ४३ पुग्यो
नेपालमा थप २४ जनामा कारोना संक्रमण पुष्टि भएको छ स्वास्थ्य तथा जनसंख्या मनत्रालयका अनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीका २४ जनामा कारोना संक्रमण देखिएको हो ।
यससंगै नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ ।
बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रुपन्देहीका ९ जना पुरुष र ३ जना महिलामा गरी १२ जना , कपिलवस्तुका ८ जना पुरुष, पर्साका २ जन पुरष र १ जना महिला र नवलपरासीका १ जना पुरुषमा कोरोना संक्रमण देखिएको जनाएको छ ।