नेपालमा थप ५ जना कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ सय ५० पुग्यो

१ जेष्ठ २०७७, बिहीबार १४:०६

नेपालमा थप ५ जना कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै स्रक्रमितको जम्मा संख्या २ सय ५० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायको अनुसार सर्लाहीमा १, धनुषामा र महोत्तरीमा २÷२ जनामा कोरोना संक्रमण देखिएको छ ।
थपिएका संक्रमित मध्ये चारजना पुरुष र एकजना महिला हुन् । उनीहरुको स्वाब परीक्षण राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, काठमाडौंमा गरिएको थियो ।