बितेका दुई वर्षमा शहरहरु सडक मानव र माग्नेरहित भएः राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले बितेका दुई वर्षमा शहरहरु सडक मानव र माग्नेरहित भएको बताएकी छिन् ।
आज शुक्रबार आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएकी हुन् ।
सरकारको लक्ष्य तथा कार्यक्रम स्पष्ट रहेको बताउँदै उनले संघ, प्रदेश र स्थानीय तह सक्रिय भएको बताएकी छिन् ।
यसैबीच बेरोजगारीको जोखिम हटाउनको लागि सरकारले युवाशक्तिलाई व्यवसायिक कृषि, स्थानीय पूर्वाधारको व्यापक प्रयोग गरी, उत्पादन बढाईने, उत्पादनमुलक उद्यममा लगाउने, प्राविधीक सिप र ज्ञान दिईने र श्रमको उच्च मूल्याकंन हुने वातावरण बनाउने गरी तयारी गरेको राष्ट्रपति भण्डारीले बताएकी छिन् ।