राष्ट्रिय लिग खेल्ने दुई खेलाडीमाथि डकैती गरेको आरोप

हेटौडा न्युज
३ जेष्ठ २०७७, शनिबार १५:४६
;

राष्ट्रिय लिग खेल्ने अमेरिकाका दुई खेलाडीमाथि डकैती गरेको आरोप लागेको छ । अमेरिकी नेशनल फुटबल लिग (एनएफएल) का खेलाडी ड्यान्ड्रे बेकर र क्विन्टन डन्बरमाथि सशस्त्र डकैती गरेको आरोप लागेको हो । हाल फरार रहेका उनीहरूको फ्लोरिडा पुलिसले खोजी गरिरहेको छ ।

ड्यान्ड्रे र क्विन्टनमाथि झन्डै १२ हजार डलर नगद र २५ हजार डलरसम्म पर्ने घडी हतियार देखाएर लुटेको आरोप छ । 

फ्लोरिडा पुलिसका एक प्रवक्ताले ती खेलाडी राष्ट्रिय फुटबल लिग र एक खेलाडीको वकीलसँग सम्पर्कमा छन् ।

उनीहरुले पार्टी खान गएको घरमा लुटपाट गरेको जनाइएको छ । पार्टीमा पाहुनाहरु तास र भिडियो गेम खेल्दै गर्दा उनीहरु बिच झगडा भएपछि उक्त घटना भएको पुलिसको पक्राउ पुर्जीमा उल्लेख छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*