७ वर्षीय कोरोना संक्रमित बालक पालुङबाट पैदल काठमाडौं आएका थिए
हेटौडा न्युज
३ जेष्ठ २०७७, शनिबार २०:४७
कोरोना संक्रमित ७ वर्षीय बालक मकवानपुरस्थित पालुङबाट पैदल आएको खुलेको छ । चन्द्रागिरि नगरपालिकाको वडा नम्बर–१०, सतुंगलका सक्रमित बालकमा शुक्रबार साँझ कोरोना पुष्टि भएको थियो ।
संक्रमित बालक आमाबाबुसँग पैदल काठमाडौं आएको जनाइएका छ । ती बालकको कन्ट्रयाक्ट ट्रेसिङ गर्ने तयारी भइरहेको नगरपालिकाका स्वास्थ्य संयोजक राममणि घिमिरेले बताएका छन् ।
सक्रमित बालक बस्ने घरलाई १४ दिनका लागि सिल गरिएको छ ।