धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाबारे यस्तो भन्छन् स्वास्थ्य मन्त्रालयका प्रवक्ता

हेटौडा न्युज
३ जेष्ठ २०७७, शनिबार २३:११
;

काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षिया सुत्केरीको मृत्युको कारण थाहा भइनसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उनको मृत्युबारे विवरण लिने काम भइरहेको बताएका छन्  । 

देवकोटाका अनुसार ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी ती महिला २४ वैशाखमा सुत्केरी भएकी थिइन् र  डिस्चार्ज भएको भोलिपल्ट सिन्धुपाल्चोक गएकी थिइन् ।

तर, घर पुगेपछि श्वासप्रश्वासमा समस्या देखिएपछि गत बिहीबार उनलाई धुलिखेल अस्पताल ल्याइएको थियो । अस्पताल ल्याउँदै गर्दा उनको बाटैमा मृत्यु भएको देवकोटाले जानकारी दिए ।

महिलामा ज्वरो, खोकी देखिएको र सुत्केरी पश्चात धेरै रक्तश्राव भएको उनका आफन्तले जानकारी दिएका छन्।अहिले उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको छ  ।

मृतक महिलाको बच्चा धुलिखेल अस्पतालमै रहेको र उनमा पनि संक्रमण रहे नरहेको एकिन गर्न नमून संकलन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*