कपनमा बस्ने १९ वर्षीय युवतीमा कोरोना संक्रमण पुष्टि
काठमाडौंका एक युवतीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ कपनमा बस्ने १९ वर्षीया युवतीमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
बुढानिलकण्ठका मेयर उद्धवप्रसाद खरेलका अनुसार केही दिनअघि सर्लाही रामनगरबाट काठमाडौं आएकी उनमा पिसिआर परीक्षणबाट आइतबार कोरोनाको संक्रमण पुष्टि भएको हो ।
ती युवतीको बाबु कपनमा फर्निचर उद्योग चलाउँछन्। ती युवतीसहित उनका आफन्त केही दिनअघि सर्लाहीबाट काठमाडौं आएका थिए।