एकै पटक ४७ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको नरैनापुरमा एकै पटक ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हिजो आइतबार मात्रै बाँकेको नरैनापुर क्षेत्रमा रहेको क्वारेन्टाइनमै कोरोना संक्रमणबाट एक युवकको निधन भएको थियो । सोहि क्षेत्रमा थप ४७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएइको छ ।
सो क्षेत्रका १ सय ९२ जनामा परिक्षण गर्दा ४६ पुरुष र १ जना महिलामा कोरोना भेटिएको भेरी अस्पतालले जनाएको छ । नरैनापुर क्षेत्रका २ सय ७३ जनाको स्वाब संकलन गरि परिक्षणका लागि अस्पतालमा ल्याइएको थियो।
यो संगै बाँके जिल्लामा मात्रै ८१ जनामा कोरोना संक्रमण देखिएको छ भने हालसम्म नेपालमा ३ सय ५१ जनामा संक्रमण देखिएको छ ।