टिकटक प्रयोगकर्ता फैसल सिद्दीकीले एसिड आक्रमणलाई बढावा दिएको आरोप 

हेटौडा न्युज
५ जेष्ठ २०७७, सोमबार २२:१७
;

भिडियो शेयरिङ एप टिकटकमा भारतका टिकटक प्रयोगकर्ता फैसल सिद्दीकीले राखिएको एक भिडियोले महिलाविरुद्ध एसिड आक्रमणलाई बढावा दिएको आरोप लागेको छ । जसको सामाजिक सञ्जालमा निकै आलोचना भइरहेको छ । 

मुम्बईमा बस्दै आउका फैसलको टिकटक एकाउन्टमा १ दशमलव ३४ करोड फलोअर्स छन् र उनी निकै लोकप्रिय छन् । उनी टिम नबाबसँग पनि जोडिएका छन्, जो टिकटकमा भिडियो राख्ने एक समूह हो ।

यो भिडियोप्रति भारतको राष्ट्रिय महिला आयोगले मध्यनजर गर्दै महाराष्ट्रका डीजीपीलाई एक पत्र लेख्दै आईटी एक्ट अनुसार कारबाही गर्न अनुरोध गरेको छ । 

यस्तो छ  फैसल सिद्दीकीकाे टिकटक भिडियाे

https://twitter.com/i/status/1262066309736603653

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*