साउदीमा कार्यरत ६ सय ७४ जना नेपालीमा कोरोना संक्रमण, ४ जनाको मृत्यु 

हेटौडा न्युज
६ जेष्ठ २०७७, मंगलवार ००:०५
;

साउदी अरेबियामा कार्यरत  ६ सय ७४ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ४ जनाको मृत्यु भएको छ ।

साउदीका विभिन्न सहरमा रहेका ११ महिला र अन्य पुरुषमा भाइरस देखिएको हो । कोरोनाबाट संक्रमण हुने यति धेरै नेपाली संख्या खाडीको पहिलो मुलुक बनेको छ । साथै भाइरसको संक्रमणबाट हालसम्म खाडी मुलुकमा ५४ हजार ७ सय ५२ जना प्रभावित भएका छन् ।

साउदी सरकारले यो अवस्थामा भाइरस नियन्त्रणको लागि कडा नियम बनाउनुको साथै कडाई पनि गरेको छ । आगामी २३ मे देखि २७ मेसम्म पूरा देशको लागि २४ घण्टे कर्फ्युको  घोषणा गरेको छ ।

साथै कोरोना संक्रमित भएका सबैलाई निशुल्क उपचार गर्ने, कम्पनीमा कार्यरत कामदारलाई जवर्जस्ती निकाल्न नपाइने र यहाँको कानुन अनुसार चल्नुपर्ने घोषणा साउदी सरकारले गरेको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*