आइसोलेशनमा रहेका एक युवकको मृत्यु
हेटौडा न्युज
६ जेष्ठ २०७७, मंगलवार १३:२९
रोल्पा अस्पतालको आइसोलेशनमा रहेका एक युवकको मृत्यु भएको छ । रोल्पा नगरपालिका–१ का २२ वर्षका ती युवकको सोमबार दिउँसो मृत्यु भएको रोल्पा अस्पतालका प्रमुख डा धनमाया घर्तीले जानकारी बताए ।
काठमाडौंमा मृगौलाको डायलाइसिस गराइरहेका यी युवालाई सोमबार दिउँसो अचानक सास फेर्न गाह्रो भएको थियो । उनको कोरोनाभाइरस परीक्षणका लागि स्वाब लिइएको छ ।
यसको रिपोर्ट आउन बाँकी छ ।