सरकारी दस्तावेज र पाठ्यपुस्तकमा नेपालीको नयाँ नक्साको प्रयोग गरीनेः मन्त्री अर्याल

हेटौडा न्युज
७ जेष्ठ २०७७, बुधबार २०:४८
;

सरकारले लिपियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारले लिपियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा सार्वजनिक गरेकी हुन् । 

भूमि व्यवस्थमन्त्री पदमा अर्यालले यसघिको नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रका गुञ्जी, नाबी कुटीलगायतका क्षेत्र छुटेकाले त्यसलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरिएको बताइन् । 

""

उनले नेपालको नयाँ नक्साको विषयलाई भारतले पनि सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरिन् । अब सरकारी दस्तावेज र पाठ्यपुस्तकहरुमा नयाँ संस्करणको नेपाली नक्सा नै प्रचलनमा ल्याउने मन्त्री अर्यालले बताइन् ।

सर्वसाधारणलाई पनि नयाँ संस्करणकै नक्सा प्रयोग गर्न उनले आग्रह गरिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*