विदेशबाट आएकालाई होटलको क्वारेन्टाइनमा राख्ने सरकारको तयारी
सरकारले विदेशबाट आएका नागरिकलाई राख्न होटल तथा रिसोर्टलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने भएको छ । शहरी विकास मन्त्रालयको अनुसार देशभरका व्यवस्थितरूपमा चलेका होटल तथा रिसोर्टलाई व्यवस्थापन गरी क्वारेन्टाइको रुपमा प्रयोगमा ल्याइने भएको हो ।
मन्त्रालयकमा अनुसार देशभर भने करीब ६५ हजार क्वारेन्टाइन तयारी अवस्थामा रहेका छ भने काठमाडौं उपत्यकामा ५ सय १८ शैय्याको क्वारेन्टाइन तयारी अवस्थामा छन् । सो क्वारेन्टाइनमा २५ हजार सर्वसाधारण छन्।
देश सङ्कटमा परेका बेला ठूला होटललाई क्वारेन्टाइनका रूपमा व्यवस्थापन गर्न सरकारले पहल थालिरहेको शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बताए । उनले यस कार्यमा होटल व्यवसायीबाट आवश्यक सहयोगका अपेक्षा गरेको समेत बताए ।
लकडाउनका कारण हाल खाली रहेका होटललाई निश्चित रकम तिरेर सरकारले जनताको जीवनरक्षाका लागि प्रयोग गर्न सक्ने उनको भनाई छ ।
विदेशमा विपद्मा परेका नेपाली नागरिकलाई सरकारले उद्धार गरी ल्याएको अवस्थामा काठमाडौं उपत्यकामा आवश्यक क्वारेन्टाइनका लागि पूर्वतयारी गरिएको उनले बताए ।