संक्रमित महिलाको ठेगाना मात्र हेटौंडा हो: इन्चार्ज चौलागाईं

हेटौडा न्युज
१० जेष्ठ २०७७, शनिबार ०३:१३
;

मकवानपुर ठेगाना भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार हेटौंडा उपमहानगरपालिका-३ घर भएकी ५४ वर्षीय एक महिलामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमित महिलाको ठेगाना हेटौंडा भए पनि उनको कोरोना परिक्षण हेटौंडामा नभएको बताइएको छ । संक्रमित महिलाको कोरोना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको हेटौंडास्थित श्रमिक मावीमा रहेको आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईंले बताए ।

संक्रमित महिलाको ठेगाना मात्र हेटौंडा हो । अहिले सम्म मकवानपुरमा कोरोना संक्रमणका विरामी नरहेको चौलागाईंले बताए । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*