ट्रकको अगाडी औषधि ढुवानी, भित्र १८ लाखको गुट्खा 

हेटौडा न्युज
१० जेष्ठ २०७७, शनिबार २३:०४
;

इलाका प्रहरी कार्यालय, हेटौंडा, पशुपतिनगरको प्रहरी टोलीले सवारी चेकजाँचको क्रममा करीब १८ लाख रुपैया बराबरको सुर्तीजन्य वस्तु बरामद गरेको छ । प्रहरीले “औषधि ढुवानी” लेखेको ना ३ ख ४७८५ नम्बरको मालबाहक कन्टेनरबाट करीब ९ लाख रुपैया बराबरको ५० बोरा गुट्खा, करीब ९ लाख रुपैया बढीको १७ बोरा रजनी गन्धा गुट्खा बरामद गरेको हो । काठमाडौंबाट पशुपति ट्रान्सपोर्टले सिरहाको मिर्चैया, लहान, सप्तरीको राजबिराजका लागि पठाएको सो कन्टेनरबाट चकलेट, मोबाईल सहित इलेक्ट्रोनिक्स सामग्रीहरु समेत फेला पारेको छ । 
लकडाउनमा अत्यावश्यक सामग्री मात्रै आयात निर्यात गर्न पाउने भएपछि पछिल्लो समय मकवानपुरमा समेत खाद्यान्न ढुवानी, औषधि ढुवानी, दुग्धजन्य ढुवानीको ब्यानर राखेर कानून विपरितका कार्यहरु गरेको प्रहरीले फेला पार्दै आएको छ । 

इलाका प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक अरुणकुमार कुस्वाहाको प्रहरी टालीले सो सुर्तीजन्य वस्तु फेला पारेको थियो । प्रहरी निरीक्षक कुस्वाहाका अनुसार बरामद गरिएको सुर्तीजन्य वस्तु सहित सवारी साधनलाई आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईने बताएका छन् । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*