हेटौंडाका नकर्मी बने लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ को गभर्नर
लायन्स क्लब इन्टरनेशनल ३२५ नेपालको गभर्नरमा हेटौंडाका शम्भु नकर्मी चयन भएका छन् । लायन वर्ष २०२० र २१ को लागी लायन्स क्लब इन्टरनेशनल ३२५ बि टु को डिस्ट्रीक गभर्नर पदमा ९९.४३ प्रतिशत सकारात्मक मत सहित नकर्मी चयन भएका हुन् ।
यस अघि प्रथम भाइस डिस्ट्रीक गभर्नर रहेका नकर्मी आज भएको डिजिटल ८ औ राष्ट्रिय महाधिवेनबाट गभर्नर बनेका हुन् ।
लायन्स वर्ष २०२०/२१ का लागि अनलाईन(जुम एप्लिकेशन) मार्फत नकर्मीले गभर्नर पदका लागि मनोनयन दर्ता गराएका थिए ।
लायन्स क्लबका गतिविधिलाई नजिकबाट नियालेका नकर्मीले आफ्नो नेतृत्व र व्यक्तित्वमा विकास गर्दै लायन्स डिष्ट्रिक्टमा विभिन्न पदहरुको जिम्मेवारी पुर्ण रुपमा निर्वाह गरी सकेका छन् ।
लायन्स डिष्ट्रिक्टको जोन, रिजन, एरीया हुँदै नकर्मीले वर्ष २०१८/१९मा सेकेन्ड भाइस गर्भनरको जिम्मेवारी प्राप्त गरे । सामाजिक सेवालाई केन्द्रमा राखेर नकर्मीले मकवानपुर जिल्ला लगायत अन्य क्षेत्रमा समेत लायन्स भएर आफ्नो जिम्मेवारी पुर्ण रुपमा निर्वाह गरे ।
वर्ष २०१९/२० मा नकर्मीले लायन्स डिष्ट्रिक्टको प्रथम भाइस गभर्नर जस्तो महत्व पुण जिम्मेवारी पाए । नकर्मीले आफ्नो हरेका जिम्मेवारीलाई जहाँ आवश्यक्ता त्यहाँ लायन्सको नारालाई मुर्त रुप दिन तल्लिन रहे । आफु भन्दा कम भाग्यमानी व्यक्तिको सेवालाई आफ्नो जिम्मेवारी मानेर दैनिक रुपमा आफ्नो समय सेवामा नै समर्पित गर्थे उनी ।
चाँहे बाराको आधिका पिडित हुन् वा हाल लकडाउनका कारण समस्यामा परेका मुजदुर दुःखमा परेका व्यक्ति दैख्दा मन खिन्न बनाउछन् उनी ।
लायन्स क्लब अफ मकवानपुर हेटौंडाका सस्थापक अध्यक्ष समेत हुन् । उनि संगै ८ औ महाधिवेशनबाट प्रथम भाइस डिस्ट्रीक गभर्नर पदमा राम प्रसाद भट्ट,दितिय भाइस डिस्ट्रीक गभर्नरमा लायन सिवी चन्द बिजयी भएका छन् भने सचिवमा टासी डोल्मा तुम्बाहाङ्फे भएकी छिन ।
लायन नकर्मीले सामाजिक कार्यमा अझ जिम्मेवारी बढेको बताउदै आगामी दिनमा लायन्स मार्फत अझ सकृयताका साथ सामाजीक कार्य गर्ने बताएकाछन् । लायनको भावना लिएर अगाडी बढने बताउदै नर्कर्मीले आफुलाई यस भोट दिएर बिश्वासको मत दिने सबै लायन्स सदस्यहरुमा धन्यबाद प्रदान गरे ।