नेपालमा थप २ सय ८८ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२० जेष्ठ २०७७, मंगलवार १७:४१
;

मकवानपुर । नेपालमा थप २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २ सय ८८ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो ।

मनत्रालयका अनुसार मंगलबार पहिलो पटक प्युठान र पर्वतमा समेत कोरोना संक्रमित भेटिएको छ । योसँगै कोरोना भाइरसको संक्रमण नेपालका ६१ जिल्ल्लामा पुगेको छ ।

मन्त्रालयले प्युठानमा एक जना र पर्वतका ५ जनामा कोरोना संक्रमण देखिएको हो ।

यससंगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*