कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ७८

हेटौडा न्युज
२१ जेष्ठ २०७७, बुधबार १३:५३
;

कर्णाली । कर्णाली प्रदेशमा आज १६ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयकाअनुसार आज बुधबार थप १६ जनामा संक्रमण भएको जनाएको छ ।

आज १६ जना संक्रमित थपिएसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या २ सय ७८ जना पुगेको छ ।

आज थपिएका कोरोना संक्रमितमा दैलेखका ७ जना, कालिकोटका ४ महिने शिशुसहित ७ जना र सल्यानका २ जना रहेका छन् ।

संक्रमितहरुको सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परीक्षण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*