संघीय सरकारको निर्णय विरुद्ध स्थानीय तह

हेटौडा न्युज
२१ जेष्ठ २०७७, बुधबार १४:२३
;

काठमाडौँ । सरकारले देशव्यापी रुपमा गत चैत ११ गतृ देखि गरेको लकडाउन अहिले पनि जारी छ । पछिल्लो समय थपिएको लकडाउनको अवधि जेठ ३२ गते सकिदै छ ।

पछिल्लो समय संघीय सरकारले जारी गरेको लकडाउनको स्थानीय सरकारबाटै विरोध हुन थालेको छ । राजधानी काठमाडौंकै विभिन्न स्थानहरुमा लकडाउनको अवज्ञा गर्दै बिहानै पसलहरु खुले तर प्रहरी प्रशासनले हस्तक्षेप गरि पसलहरु बन्द गराए ।

काठमाडौंका विशालबजार, मैतीदेवी, दरबारमार्ग, जोरपाटीमा व्यापारी तथा पसलेले पसल खोल्ने निर्णय नै गरेका छन्। यसैबीच बुढानिलकण्ठ नगरपालिकाले बुधबार नगरक्षेत्रका सबै पसलहरु दुई घण्टाका लागि खोल्ने निर्णय गरेको छ।

नगरपालिकाअन्तर्गत रहेको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसिएमसीले बिहान ८ बजेदेखि १० बजेसम्मका लागि सबै खाले पसलहरु खोल्न दिने निर्णय गरेको थियो।

यी क्षेत्रमा बुधबार बिहानै पसलहरु धमाधम खुलेपनि प्रहरीले तत्काल बन्द गराएको थियो। नगरमा कोरोना महामारीको प्रभाव नभएको भन्दै बुढानिलकण्ठका मेयर उद्धवप्रसाद खरेलले स्थानीयको दबाब खेप्न नसकिएको बताए ।

२र३ महिनादेखि लकडाउन हुँदा मानिसहरु आँत्तिन थालीसके, उनीहरुको दैनिकी कष्टकर भइरहेको छ खरेलले भने । त्यसैले सबै कुरालाई ख्याल गरेर २ घण्टा खुला गर्ने निर्णय गरेका खरेलले बताए ।

त्यस्तै काठमाडौंको मैतीदेवीमा वडा अध्यक्षकै सहमतीमा बिहीबारदेखि दिउँसो १ बजेसम्म पसल खोल्न मौखिक रूपमा सहमति भएको छ।

काठमाडौं महानगरपालिका–२९ मैतीदेवीका व्यापारीले बुधबार बिहान पसल खोल्ने समय अपुग भएको भन्दै विरोध गरेका थिए। विरोधपश्चात वडाध्यक्ष कुश ढकालले दिउँसो १ बजेसम्म पसल खोल्न सुझाएका हुन्।

त्यसो त स्थानीयतहले गरेको निर्णय जिल्ला, प्रदेश र केन्द्रले समेत स्विकृत गर्नु पर्ने छ ।

ठुला सुपमार्केटहरु खुल्दा आफ्नो पसलहरु चाहीँ किन खोल्न नपाउने भन्दै स्थानीयले विरोध गरिरहेको छन् । लकडाउनको यो अवधिमा अत्यावश्क खाद्यान्न, किराना, औषधीलगायतका पसलहरु भने खुल्ने गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*