हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

मकवानपुर । हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानरपालिका-७ न्युरेनीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
ना १२ प ५७७३ नंबरको मोटरसाईकलमा पुर्वतर्फबाट हेटौंडा बजार आउने क्रममा न्युरेनीमा दुर्घटना हुँदा घाईते भएका जित बहादुर थापाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार रुपन्देही स्थायी घर भएका हेटौंडा-४ बस्दै आएका थिए ।