वडा अध्यक्ष ३ लाख घुस सहित समातिए

हेटौडा न्युज
२४ जेष्ठ २०७७, शनिबार १३:०२
;

पाल्पा । पाल्पाका एक वडा अध्यक्ष ३ लाख घुससहित रङ्गेहात समातिएका छन् । पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष देवेन्द्र पुन ठेकेदारसँग घुस लिएको अवस्थामा समातिएका हुन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, बुटवलको टोलीले घुस रकमसहित रुपन्देही जिल्लाको सैनामैना गाउँपालिकाको सालझण्डी भन्ने स्थानबाट पक्राऊ गरेको हो ।

वडा अध्यक्ष पुनले आफ्नो वडामा ठेक्का मिलाईदिए बापत ठेकेदारसग ३ लाख रुपैया लिएको बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*