हालसम्म वागमती प्रदेशमा १० हजारको परीक्षण, कोरोनाबाट ३ को मृत्यु

मकवानपुर । बागमती प्रदेशमा हाल सम्म १० हजार १ सय ३ जनाको पिसिआर प्रविधिबाट कोरोना भाईरस परीक्षण भएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार यस प्रदेशका सिन्धुपाल्चोक, दोलखा र ललितपुरका गरी हालसम्म ३ जनाले कोरोना भाईरसका कारण ज्यान गुमाएको जनाएको छ ।
मन्त्रालयका अनुसार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका ३१ जना निको भएका र ४९ जना विभिन्न आईसोलेशनमा उपचाररत रहेको मन्त्रालयका कोरोना शाखाका डा. पुरुषोत्तम सेढाईले बताएका छन् ।
मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौँमा २३ जना, रामेछापमा १९, चितवन, काभ्रेमा ६ मकवानपुरमा ६, भक्तपुरमा ५, धादिङमा ४, सिन्धुलीमा ४, ललितपुरमा ३, नुवाकोटमा ३, सिन्धुपाल्चोकमा २ र दोलखामा २ जनामा कोरोना भाइरस(कोभिड१९) को सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रत्येक दिन प्रदेशका सबै १३ वटै जिल्लाका कोरोना सम्बन्धि विवरण सार्वजनिक गर्दै आएको छ ।