गुण्डाको अनुभव, श्रीमती गुमाउनुको पीडा छ मनमा

हेटौडा न्युज
२५ जेष्ठ २०७७, आईतवार १६:४५
;

मकवानपुर । हेटौंडा–४ कमलडाँडाका स्थायीवासी हुन् किरण लामा । उमेरले ४० पुगेका लामा पूर्व लागूऔषध प्रयोगकर्ता हुन् ।

आमा, बुवाका एक्ला छोरा लामा सहित उनको परिवारमा ४ दिदि बहिनी र एउटा छोरी छन् । छोरी अहिले ५ कक्षामा पढ्छिन् लामाले भने ।

सानैदेखि पढाईमा कमजोर थिए किरण लामा । उनको बाल्यकाल बुवाआमासँग रमाईलो मै बित्यो । सानैबाट खेलकुद क्षेत्रमा धेरै रुचि राख्ने उनले खेलकुदकै शिलशिलामा साथिहरु पनि धेरै बनाइ सकेका थिए । रिलायन्स बोर्डिङ्ग र आधुनिक स्कुलबाट ९ कक्षा सम्ममात्रै अध्ययन गरेका छन् ।

जागिरे बुवा, गृहिणी आमा अनि कपडा पसल र टेलरिङ्ग व्यवसाय गर्ने गर्छन् लामाका दिदि बहिनी । ३ दिदि बहिनीको विवाह भएको बताउदै लामाले कान्छि बहिनीले जागिरसँगै पढ्दै गरेको कुरा बताए ।

बीचैमा पढाई छाडेका किरण अहिले संस्थामा सामाजिक अभियान्ता सँगै स्वयंसेवक को रुपमा कार्यरत रहेका उनले हिजोको आफू जस्तै व्यक्तिहरुलाई सहयोग गर्ने काममा व्यस्त छन् ।

पढाईसंगै खेलकुदमा लागेका लामा पढाई छाडे पछि हेटौडाको स्थानीय क्लबबाट क्लब स्तरीय फुटबलबाट खेलकुद सुरु गरे । नेपालको धरान, पोखरा, चितवन, काठमाण्डौं, सिमरा लगायतका शहरहरुमा मकवानपुरको प्रतिनिधत्व गर्दै खेल खेलेका छन् लामाले ।

चितवनमा फुटबल खेल्ने क्रममा विपक्ष समुहकको खेलाडीसंग ठोकिएर घोडामा गहिरो चोट लागे पछि मैदान छाडेको उनले सो घटना पछि खेल मैदान र फुटबललाई चटक्कै माया मारे । खेल छोडिसके पछि निकै पछुताएको तितो अनुभब छ उनीसँग । तत्कालीन समयमा खेल छाडिसके पछि आफु निकै पछाडि परेको जस्तो महशुस गरेका छन् ।

पढाई र खेललाई छाडेका लामाको संगत नै फेरिएर आफु खराब साथीभाईसँगको संगतमा परेको उनी बताउछन् । साथीभाई कै लहैलहैमा लागेर विभिन्न लागुऔषध गाँजा, ट्याब्लेटको प्रयोग गरेको उनले बताएका छन् ।

उनले लागूऔषधमा सुई बाहेक सबै प्रकारका सामग्री प्रयोग गरेको बताउँछन् । त्यस समयमा धरै मान्छेको मन दुखाएको अहिले महशुश गरेका छन् ।

लागूऔषधको दुव्र्यशनका बेला धेरैले आफुलाई ट्यापे भनेर हेला गर्ने गरेको बताउँछन् । कुलतमै रहँदा उनी वैदेशिक रोजगारममा समेत पुगेका थिए ।

नेपालमा रहँदा ट्यापे भनेर हेला गर्ने गरेको भए पनि देश बाहिर रहदा कहिले आफु त्यस्तो भएको महसुश नभएको अनुभव लामा सुनाउछन् ।

किरणसंग लागूऔषध दुर्व्यशन कै बेला श्रीमती पनि गुमाएको नमीठो अनुभव छ । श्रीमति गुमाएका किरण त्यसपछि घरपरिवारमा सम्बन्ध धमिलो भएको बताउँछन् । श्रीमती गुमाएको पीडा सहदै गर्दा घरपरिवारको तिरष्कार सहन बाध्य थिए किरण । श्रीमती अनि घरसंगको धमिलो सम्बन्धले मन कहिलै खुशी नरहेको अनुभव बताउछन् उनी ।

लागूऔषध प्रयोग गरेकै कारण २ बर्ष भीमफेदी कारागारमा बिताउनु परेको उनको भोगाई छ । पैसाको अभाव, विश्वासघाति, फटाहा र झगडालु स्वभावले गर्दा धेरै परिस्थतिमा आफैपछि परेको उनको अनुभव छ ।

आफु रिसाहा, झगडालु स्वभावको रहेको उनी स्वीकार्छन् । नशाको सुरमा कारण बिना नै झगडा गर्दै हिडेको बताएका छन् । उनले भने डर अलिकति पनि थिएन र बजार, चोकमा जाँदा सबै टाढा टाढा हुन्थे र त्यतिखेर आफूलाई खुबै ठुलो जस्तो महशुस हुन्थ्यो । दादा बन्ने सोच पलाउँथ्यो ।

शायद धेरै एक्लोपन र तनाव महशुसले होला सबै ठाउँमा कुनै पनि तरिकाले डन बन्न पग्थे । तर वास्तविकता फरक रहेछ अहिले बुझ्दैछु ।

उनी भन्छन् जब म सिआन ९सिआन पनःस्र्थापना केन्द्र० परिवार सँग जोडिन पुगे तब आफु कुलतमा फसेको भन्ने कुरा महशुश भयो । सिआनमा आईसके पछि म दुर्व्यशनी भएको रहेछु भन्ने थाहा पाएको उनी भन्छन् । सिआनसंग पनि सुखद अनुभव रहेको उनी बताउछन् ।

सिआन कै कारण जीवन के हो बुझ्ने भएको उनको भनाई छ । सिआनबाट आफुले आफुलाई चिन्न सकेको, मेहनत र धैर्यता नै सफलताको कदम हो, माया दिन र लिन सक्ने भएको अनुभब बटुलेको उनले बताएका छन् ।

परिवारको पहलमा सिआनसंग नाता जोडिएको उनी बताउँछन् । उनले आमा, बुवा र दिदि बहिनीलाई सम्झदै सबैलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*