निजि पसल खोल्न दिने सरकारको निर्णय

सवारीमा जोर-बिजोर प्रणाली लागू गर्ने तयारी
हेटौडा न्युज
२८ जेष्ठ २०७७, बुधबार २२:४०
;

मकवानपुर । सरकारले सबै पसल र निजी सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको छ । बुधबार अबेर सम्पन्न मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै कोरोनाको अवस्था सामान्य भएका ठाउँमा जोरबिजोर प्रणालीमा गाडी चल्न दिने निर्णय गरेको स्रोतले जनाएको छ ।

त्यसैगरी सुरक्षाका मापदण्ड अपनाएर निजि पसल तथा व्यवसाय खोल्न दिने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*