मकवानपुरगढीमा एक वृद्धाको हत्या

मकवानपुर । मकवानपुरमा एक वृद्धाको हत्या भएको छ । टाउकोमा धारिलो हतियार प्रहरी गरि ती वृद्धको हत्या गरिएको हो ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष ७२ की कान्छीमाया भोम्जनको टाउकोमा धारिलो हतियार प्रहार गरेर हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।
उनका अनुसार, हत्या गरेको आरोपमा कान्छीमायाको आफ्नै ज्वाँईलाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा रहेका ३९ वर्षका पदमबहादुर नेपालीले आफुले नै सासुको हत्या गरेको स्वीकार गरिसकेको प्रवक्ता रानाले बताए ।
पक्राउ परेका नेपालीमाथि आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।