मोटरसाइकलमा दुई जना चढ्न नपाइने

हेटौडा न्युज
२९ जेष्ठ २०७७, बिहीबार १८:५७
;

काठमाडौं । सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरेको छ । सरकारले लकडाउनलाई केही खुकुलो बनाउँदै मोटरसाइकल चलाउन दिने निर्णय गरेको छ ।

सरकाले मोटरसाइकल चलाउन दिए पनि मोटरसाइकलमा एक जना मात्र सवार हुन पाउने व्यवस्था लागु गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मोटरसाइकलमा चालकले मात्र यात्रा गर्न पाउने निर्णय गरेको हो ।

उक्त बैठकले सबै प्रकारका पैदल आवागमन, साइकल र मोटरसाइकल चल्न दिने निर्णय पनि गरेको छ। यो व्यवस्था बिहीबारदेखि नै लागु हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*