डिआइजी लामालाई स्वतन्त्र जनदबाब अभियानको ज्ञापनपत्र

मकवानपुर । स्वतन्त्र जनदबाब अभियानले रुकुम हत्याकाण्डको स्वतन्त्र छानबिनको माग गर्दै ज्ञापनपत्र बागमती प्रदेश प्रहरी प्रमुखलाई बुझाइएको छ । गत जेठ १० गते पश्चिम रुकुम चौरजहारी ८ सोतीमा घटेको सामुहिक हत्याकाण्डको स्वतन्त्र छानबिन र पीडित पक्षको न्यायका लागि आज प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक बसन्त कुमार लामालाई अभियानले ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझाउन पुगेका अभियानको टोलीले रुकुम चौरजहारी सामुहिक हत्या काण्डका दोषीहरुलाई कडा भन्दा कडा कारवाहीको माग गरेका छन् ।
ज्ञापन पत्र बुझ्दै डिआइजी लामाले दोषीमाथि कार्वाही गराउन आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताएका छन् ।