कर्णाली प्रदेशमा संक्रमित १ हजार नजिक, आज ५२ जना थपिए
सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार नजिक पुगेको छ । सो प्रदेशमा आज थप ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै सो प्रदेशमा संक्रमित हुनेको संख्या ९ सय ६७ पुगेको हो ।
आज मात्रै सुर्खेतको पशुपनन्क्षी अन्वेषण प्रयोगशालामा गरिएको परिक्षणमा ५० जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।
कर्णाली प्रदेशमा हाल सम्म कोरोना संक्रमण निको हुनेको संख्या ९४ पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य शाखाले जनाएको छ ।